It takes 0.000061 sec to browse the website. |  Your IP Address is: 38.107.191.113 Main Page Contact Us
- Nepal Sambat 1129.
Photo Of The Day
Last day photos

माओवादीले बन्द फिर्ता लिएन/शान्तिपूर्ण हुने--2009-12-19
काठमाडौ, २०६६ पुस ४ - दलहरु आफ्ना मागप्रति सकरात्मक नदेखिएको भन्दै शनिबार बसेको माओवादी स्थायी समितिको बैठकले तीन दिने बन्द फिर्ता नलिने निर्णय गरेको छ । माओवादीले आइतवारदेखि तीन दिने आम हाड्तालको आह्वान गरेको छ ।
'दलहरु सकरात्मक देखिएनन् । उनीहरुले मुलुकलाई थप आप्ठ्यारोतर्फ धकेल्न चाहेको देखियो' स्थायी समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष पुष्पकमल दाहालले भने, 'हामीले बन्दलाई फिर्ता नलिने निर्णय गर्यौ ।' उनले बरु शान्ति र संविधान निर्माणप्रति प्रतिबद्ध हुनेगरी संसदमा आफुहरुले गरिरहेको अवरोधमा पुर्नचिार गरिने बताए । पुस ८ गते स्थायी समितिको बैठक बसेर संसदमा जारी संघर्षको सम्बन्धमा नयाँ निर्णय गर्ने उनले बताए ।
साथै दाहालले प्रेस, मानव अधिकार, एम्बुलेन्स, स्वास्थ्य सेवा, पर्यटन वहानलाई बन्दमा अबरोध नगरिने र बन्द शान्तिपूर्ण हुने उल्लेख गरे । 'बन्दकै बीचमा पनि हामी वार्ता जारी राख्ने छौं' उनले भने ।
माओवादीलाई राजनीतिक सहमतिको आग्रह गर्दै शुक्रबार काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले, शनिबार दिउँसो एमाले अध्यक्ष झलनाथ खनालले र साँझ मन्त्रिपरिषद्को बैठकले बन्द फिर्ता लिन आग्रह गरेको थियो ।
माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम सच्चिनु पर्ने, नागरिक सर्वोच्चता बहाल हुनुपर्ने र आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको माग राखि आन्दोलन गर्दै आएको छ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत तीन दिने नेपाल बन्द आह्वान गरिएको हो । ---Kantipur
<< Back to News <<
HOTNEPALNEWS :: Poll
Do you think the constituation will be write on time ?
YES
NO
No idea
May be or may not be
 
View Result
NEWA MONEY CHANGER's Rate
Currency Buy Sell
Date2010.08.30/10.30AM
USD73.230
GBP113.280
CHF70.690
AUD65.350
CAD69.390
SGD53.520
JPY8.560
HKD9.340
DKK12.480
SEK9.360
SAR19.100
QAR19.700
AED19.510
THB2.070
MYR23.150
CNY10.550
EUR92.640
ONLINE NEWS WEBSITE
» Currently no website available.
ONLINE TELEVISION
Copyright © 2008 HOTNEPALNEWS.com, All Rights Reserved. Site best viewed in 1024x768 resolution.
See our popularity - Counter: Free counter and web stats