It takes 0.000088 sec to browse the website. |  Your IP Address is: 38.107.191.110 Main Page Contact Us
- Nepal Sambat 1129.
Photo Of The Day
Last day photos

जमिमको हत्या अन्तरराष्ट्रिय अपराधि छोटा राजन समुहबाट गरिएको प्रहरी निष्कर्ष --2010-02-09
काठमाडौ, माघ २५ - प्रहरीले स्पेसटाइम नेटवर्कका अध्यक्ष जमिम शाहको हत्यामा कुख्यात अन्डरवल्र्ड डन छोटा राजन समूहको संलग्नता रहेको र हत्यामा प्रत्यक्ष संलग्न आक्रमणकारी तथा योजनाकारनजिक पुगेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसपी गणेश केसीले हत्यामा अन्तर्राष्ट्रिय संलग्नताको आशंका पुष्टि हुँदै गएको र हत्याराहरू छिट्टै पक्राउ पर्ने बताए । लाजिम्पाटको मुख्य सडकमा मोटरसाइकलमा आएका दुई आक्रमणकारीले आइतबार अपराह्न २:२० बजे ४७ वर्षीय शाहको गोली हानी हत्या गरेका थिए ।
'अनुसन्धानबाट छोटा राजन समूहले नै हत्या गराएको बुझिन आएको छ । हामी हत्यारा र योजनाकारको निकै नजिक पुगेका छौं,' सोमबार साँझ कान्तिपुरसित उनले भने । केबुल टेलिभिजन एसोसिएसन र एभिन्युज टेलिभिजनमा राजन समूहका भरत नेपालीको नामबाट आएको टेलिफोन तथा दर्जनौं व्यक्तिसँगको सोधपुछमा 'मिसन' नै बोकेर आएको समूहले शाहको हत्या गरेको उनले जानकारी दिए ।
एसपी केसीका अनुसार भरतले सोमबार दिउँसो फोन गरी 'भारतविरुद्ध लाग्नेको हालत यस्तै हुन्छ' भन्दै शाह हत्याको जिम्मेवारी लिएका थिए । लगत्तै नेपाल टेलिकमबाट लिएको कल विवरण, जमिमनिकट विभिन्न व्यक्ति र केहीअघि भारतीय जाली नोट कारोबारमा संलग्न नेसनल टेलिभिजनका सञ्चालक युनुस अन्सारीसँगको कुराकानीबाट हत्यामा राजन समूहको हात रहेको बुझिएको एसपी केसीले बताए ।
पहिले एसोसिएसनको नम्बरमा ११:४४ बजे आएको फोन त्यहाँ कार्यरत एक कर्मचारीले उठाउनासाथ भरतले हत्याको जिम्मेवारी लिँदै धम्क्याएका थिए । ४६ सेकेन्डमै फोन काटिएपछि उनले पटकपटक फोन गरेका थिए । एसोसिएसनमा तीनवटा 'मिस कल' देखिए पनि त्यहाँ गरिएको टेलिफोनको नम्बर टेलिकमबाट पत्ता नलागेको प्रहरीको भनाइ छ । त्यसपछि भरतले १२:१५ टेलिभिजन कार्यालयमा फोन गरी उही कुरा दोहोर्‍याएका थिए । टेलिभिजन कार्यालयमा भरतले १८७७४२७३३६८ नम्बरबाट करिब ६० सेकेन्ड कुरा गरेको प्रहरीले जनायो । टेलिकम स्रोतका अनुसार विश्वका धेरै मुलुकमा बसेर फोन गर्न सकिने यो नम्बर क्यानाडाको कलिङ कार्डको हो । भरतले १२:३५ मा पनि नम्बर नदेखिने टेलिफोनबाट एसोसिएसनमा फोनगरी ५४ सेकेन्ड कुरा गरेको टेलिकमको हवाला दिँदै प्रहरीले जनाएको छ ।
एसपी केसीका अनुसार नेपालकै अछाम र पाल्पा घर भएको चर्चा हुने भरत महाकालीपारी पिथौरागढतिरका सैनिक पृष्ठभूमिका व्यक्ति हुन् । सन् १९९७ मा सैनिक सेवा त्यागी राजन समूहमा संलग्न उनको अनुहार नेपालीजस्तै भएकाले आफूलाई नेपाली बताउने गरेको प्रहरीले बतायो । हत्याको योजना भने भारत सीमावर्ती क्षेत्रमा क्रियाशील बब्लु नामका व्यक्तिले बनाएको प्रहरी स्रोतले बतायो । करिब दुई महिनाअघि डिल्लीबजार कारागारसमेत पुगी उनले थुनामा रहेका विभिन्न अपराधीसँग शाह र अन्सारीबारे बुझेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
'यो समूहको पहिलो निशानामा अन्सारी रहेको बुझिएको छ । उनी जेल गएपछि जमिमलाई टार्जेट बनाएको हुनसक्छ,' स्रोतले भन्यो, 'बब्लु मध्ययमस्तरको मध्यस्थकर्ता हो । हत्यामा संलग्न दुई जनालाई उसले हायर गरेको बुझिन्छ ।' बब्लुले बोक्ने मोबाइल ट्रेस गर्दा उनी लाजिम्पाट क्षेत्रमै रहेको र दुई आक्रमणकारीसमेत उनीसँगै रहेको प्रहरी अनुमान छ । योजनाकारको विवरण सोमबार अबेरमात्रै खुलेको लोडसेडिङको कारणले रातको समयमा राम्ररी मोबाइल ट्रेस गर्न समस्या परेकाले अपराधीसम्म पुग्न नसकिएको प्रहरीले जनाएको छ । 'त्यस क्षेत्रमा धेरै भीआईपीको निवास रहेकाले पनि सीधै पसेर खोजतलास गर्न अप्ठेरो परेको छ,' प्रहरी मुख्यालयका एक अधिकृतले भने ।
यसबीच सुरक्षामा लापरबाही गरेको भन्दै लाजिम्पाट प्रहरी वृत्तका हवल्दारसहित चारलाई निलम्बन गरिएको र एक असईलाई निलम्बनका लागि सिफारिस गरिएको छ । -----kantipur
<< Back to News <<
HOTNEPALNEWS :: Poll
Do you think the constituation will be write on time ?
YES
NO
No idea
May be or may not be
 
View Result
NEWA MONEY CHANGER's Rate
Currency Buy Sell
Date2010.08.30/10.30AM
USD73.230
GBP113.280
CHF70.690
AUD65.350
CAD69.390
SGD53.520
JPY8.560
HKD9.340
DKK12.480
SEK9.360
SAR19.100
QAR19.700
AED19.510
THB2.070
MYR23.150
CNY10.550
EUR92.640
ONLINE NEWS WEBSITE
» Currently no website available.
ONLINE TELEVISION
Copyright © 2008 HOTNEPALNEWS.com, All Rights Reserved. Site best viewed in 1024x768 resolution.
See our popularity - Counter: Free counter and web stats